खर्च विवरण नबुझाउने १ लाख बढी उम्मेदवार कालोसूचीमा, नाम सिस्टममै ब्लक « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

खर्च विवरण नबुझाउने १ लाख बढी उम्मेदवार कालोसूचीमा, नाम सिस्टममै ब्लक


२२ आश्विन २०७९, शनिबार


काठमाडौँ । निर्वाचन आयोगले खर्च विवरण नबुझाउने स्थानीय तह निर्वाचनका झण्डै १ लाख २४ हजार उम्मेदवारलाई कालोसूचीमा राखेको छ ।

आयोगले खर्च विवरण नबुझाउने १ लाख २३ हजार ६२४ उम्मेदवारलाई साढे सात लाखसम्म जरिवाना गर्ने निर्णय गरेको थियो ।

आयोग स्रोतका अनुसार उनीहरूको नाम सिस्टममै ब्लक गरिएको छ । खर्च विवरण नबुझाएका केही आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दर्ता खोजे नाम नै इन्ट्री हुने छैन ।

आयोगले तोकेको जरिवाना तिरेपछि भने उनीहरूले उम्मेदवारी दिन सक्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस