पुनः वार्तामा बस्दै सत्ता गठबन्धन र लोसपा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पुनः वार्तामा बस्दै सत्ता गठबन्धन र लोसपा


२१ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । सत्ता गठबन्धनको दल जनता समाजवादी पार्टी (जसपा) बाहिरिएपछि लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०सँग वार्ता सुरु भएको छ । दिउँसो सत्ता गठबन्धनसँग छलफलपछि जसपाको आन्तरिक छलफल चलिरहेको छ । 

लोसपाले गठबन्धनमा कति सिट दाबी गर्ने, प्रदेशसभामा कति सिट दाबी गर्नेसहितको विषयमा लोसपा केन्द्रीय कार्यालय बबरमहलमा छलफल भइरहेको छ ।

दिउँसो लोसपा नेताहरू शरदसिंह भण्डारी, अनिल झा र जितेन्द्र सोनार बालुवाटार गएर वार्ता गरेका थिए । वार्ता सकारात्मक भएपछि उनीहरूले अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरूलाई सहमतिको प्रस्तावका विषयमा ब्रिफिङ गरेका हुन् । 

नेता झाका अनुसार त्यही बैठकपछि सिट र सहकार्यको टुङ्गो लाग्नेछ । 

सत्ता गठबन्धन र सरकार दुवैतिर सहभागिता जनाएको जसपाले सत्ता गठबन्धनमा सिट सङ्ख्याको बार्गेनिङ नमिलेपछि एमालेसँग वार्ता थालेको थियो । त्यससँगै लोसपा नेताहरू गठबन्धनका दलहरूसँग वार्ता गर्न बालुवाटार पुगेका थिए । 

यसअघि भएको स्थानीय तह निर्वाचनमा लोसपाले एमालेसँग र जसपाले सत्तारुढ पाँच दलीय गठबन्धनसँग सहकार्य गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस