चितवन-३ नछाड्न प्रचण्डलाई गठबन्धनको आग्रह « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

चितवन-३ नछाड्न प्रचण्डलाई गठबन्धनको आग्रह


१८ आश्विन २०७९, मंगलबार


काठमाडौँ । पाँचदलीय गठबन्धन, चितवनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चितवन निर्वाचन क्षेत्र नं.३ नछाड्न आग्रह गरेको छ ।

काँग्रेस, चितवनका सभापति राजेश्वर खनालको अध्यक्षतामा मंगलबार भरतपुरमा बसेको गठबन्धनको बैठकले मुलुक, संविधान, लोकतन्त्र, शान्ति र विकासका खातिर समेत प्रचण्डले निर्वाचन क्षेत्र परिवर्तन गर्नु सान्दर्भिक ठहर गरेको छ । बैठकको निर्णयमा भनिएको छ, ‘मंसिर ४ गते सम्पन्न हुन गइरहेको संघीय निर्वाचनमा आफ्नो निर्वाचन क्षेत्र परिवर्तन र चितवन जिल्लालाई पुनः अभिभावकीय भूमिका निर्वाह गरिदिनुहुन अपिल गर्ने निर्णय गरिन्छ ।’

बैठकले संघीय तथा प्रादेशिक निर्वाचनमा गठबन्धनका दलहरूले अघि सार्ने उम्मेदवारहरूलाई विजयी गराउने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

बैठकमा माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र अधिकारी, एकीकृत समाजवादीका कृष्णराज न्यौपाने, राष्ट्रिय जनमोर्चाका विष्णु पौडेल, जनता समाजवादीका प्रेमराज भुजेल पनि सहभागी थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस