लिमीका यी दुई स्कुलमा दसैँमा पनि हुँदैन बिदा  « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

लिमीका यी दुई स्कुलमा दसैँमा पनि हुँदैन बिदा 


१८ आश्विन २०७९, मंगलबार


काठमाडौँ । हुम्लाको नाम्खा गाउँपालिका वडा नम्बर ६ लिमीको विद्यालय वर्षको ११ महिना खुल्ने गरेको छ । लिमीको हल्जी गाउँको सुनखानी आधारभूत विद्यालय र भृकुटी आधारभूत विद्यालय वर्षको ११ महिना नै सञ्चालन हुने गरेको हो ।

बालकक्षादेखि पाँच कक्षासम्म बढाई हुने विद्यालयहरू उवा लगाउने र काट्ने समयमा बाहेक खुल्ने गरेको गाउँपालिकाका शिक्षा अधिकृत मनराज बुढाले जानकारी दिए । बौद्ध धर्मावलम्बी लामा समुदायको बसोबास हुने लिमीमा दसैँ मान्ने चलन छैन ।

ल्होसारमा भने तीन दिन स्थानीय बिदा दिने गरिएको अधिकृत बुढाले बताए ।

अहिले स्थायी दरबन्दीका शिक्षकहरू दसैँ बिदामा गएपछि विभिन्न संस्थाको सहयोगमा निजी स्रोतका शिक्षकहरूले बालबालिका पढाइरहेका छन् । सुनखानी आधारभूत विद्यालयमा ४२ जना र भृकुटी आधारभूत विद्यालयमा १२ जना विद्यार्थी अध्ययनरत छन् ।

शिक्षा अधिकृत बुढाका अनुसार लिमी गाउँ बाहेक अयन्त्र रहेका १४९ विद्यालयमा भने दसैँ बिदा हुन्छ । 

Tags :
प्रतिक्रिया दिनुहोस