नक्कली नेपाली नोटसहित एक भारतीय नागरिक पक्राउ  « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नक्कली नेपाली नोटसहित एक भारतीय नागरिक पक्राउ 


१८ आश्विन २०७९, मंगलबार


काठमाडौँ । नक्कली नेपाली नोटसहित प्रहरीले एकजना भारतीय नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ।

सिरहाको नरहा गाउँपालिका ५ मा रहेको किशोरी ट्रेडस किराना पसलमा चुरोट खरिद गर्ने क्रममा नक्कली नेपाली एक हजारको नोट दिएपछि पक्राउ परेका हुन्। 

पक्राउ पर्नेमा भारतको सितामाढी जिल्लाको ग्राम पञ्चायत भासर मछहा ८ भासर चोकका २१ वर्षीय मो‍‍.रेजाउल्लाह रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको मो.रेजाउल्लाहको सङ्गबाट ३१ थान नयाँ नेपाली एक हजारको नोट, चाँदीका सिक्री, ब्रासलेट र औँठी एक-एक थान र मोबाइल एक थान बरामद गरिएको एसपी तिमिल्सिनाले बताएका छन्।

नयाँ नेपाली नोटको कारोबार सम्बन्धमा थप अनुसन्धान अगाडि बढाइएको  भन्दै सिरहा प्रहरी प्रमुख  तिमिल्सिनाले चाडपर्वको बेला विभिन्न गिरोह नक्कली नेपाली नोटको कारोबार गर्ने भएकोले सतर्कता अपनाउन र प्रहरीलाई खबर गर्न आग्रह गरेका छन्।

एक साता अघि सिरहाको कल्याणपुर बजारमा ३ थान नयाँ नेपाली एक हजारको नक्कली नेपाली नोट बरामद भएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस