डेङ्गुको कारण ज्यान गुमाउनेको संख्या ४१ पुग्यो, ३१ हजार बढीमा संक्रमण  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

डेङ्गुको कारण ज्यान गुमाउनेको संख्या ४१ पुग्यो, ३१ हजार बढीमा संक्रमण 


१८ आश्विन २०७९, मंगलबार


काठमाडौँ । डुङ्गेका कारण साउनयता नेपालमा ४१ जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हिजो बेलुकासम्मको तथ्याङ्क अनुसार अहिलेसम्म डेङ्गु भएर ४१ जनाको ज्यान गएको पुष्टि भएको छ । डुङ्गेका संक्रमितको संख्या ३१ हजार नाघेको छ । 

पानी परिरहेकाले डेङ्गु अझै फैलिन सक्ने जोखिम रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको कीटजन्य रोग निवारण शाखाका प्रमुख डाक्टर गोकर्ण दाहालले बताए ।

बिहान बेलुका चिसो हुन थालेकाले डेङ्गुको संक्रमण केही कम हुने आङ्कलन गरिए पनि पानी परिरहेकाले जोखिम उस्तै रहेको उनको भनाइ छ । 

डेङ्गुबाट जोगिने एक मात्रै उपाय भनेको लामखुट्टेको टोकाइबाट नै जोगिनु हो । घर वरिपरि पानी जम्ने खाल्डाखुल्डी पुर्न, पूरा बाउला भएका कपडा लगाउन र एक हप्ता भन्दा लामो समयसम्म बाल्टीलगायत भाँडोमा पानी जम्मा गरेर नराख्न चिकित्सकको सुझाव छ । 

Tags :
प्रतिक्रिया दिनुहोस