गुल्मीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गुल्मीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना 


१७ आश्विन २०७९, सोमबार


काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि गुल्मी जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । जिल्ला सदरमुकाम तम्घासमा एक कार्यक्रमका बिच मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

निर्वाचनको लागि उम्मेदवारको मनोनयन दर्ता गर्ने समय नजिकिएसँगै जिल्लाको रेसुङ्गा नगरपालिकामा रहेको जिल्ला अदालत गुल्मीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख अधिकृत माया कुँवरले बताइन् । मुख्य निर्वाचन अधिकृतको रूपमा जिल्ला न्यायाधीश वसन्तराज पौडेल छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै निर्वाचन अधिकृतको कार्यालय पनि स्थापना गरिएको कुँवरले बताइन् । दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालयले क्षेत्र नम्बर-१ हेर्ने जिम्मेवारी तोकिएको छ ।

निर्वाचन क्षेत्र नम्बर-२ को कार्यालय रेसुङ्गा नगरपालिकाको शिक्षा विकास समन्वय इकाइ कार्यालय स्थापना गरिएको छ ।

निर्वाचनको लागि २ लाख २३ हजार ६१५ जना मतदाता रहेका छन् । जसमध्ये महिला १ ला १३ हजार २९८ रहेका छन् भने पुरुष १ लाख १० हजार ३१७ जना रहेका छन् । जिल्लाका २ निर्वाचन र ४ प्रदेश सभा निर्वाचनका लागि २७८ वटा मतदान केन्द्र रहेका छन् ।

निर्वाचन क्षेत्रअनुसार क्षेत्र नम्बर १ मा १ लाख १९ हजार २८८ जना मतदाता रहेका छन् भने क्षेत्र नम्बर २ मा १ लाख ४ हजार ३२७ जना मतदाता रहेका छन् ।

निर्वाचनका लागि क्षेत्र नम्बर १ मा १५० र क्षेत्र नम्बर २ मा १२८ वटा मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी मेघलाल पाण्डेले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस