माओवादीले हटायो समानुपातिकको बन्द सूचीबाट महराको नाम « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

माओवादीले हटायो समानुपातिकको बन्द सूचीबाट महराको नाम


१७ आश्विन २०७९, सोमबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टी उपाध्यक्ष कृष्णबहादुर महराको नाम समानुपातिकको बन्द सूचीबाट हटाएको छ।

आइतबार मध्यरातमा माओवादी केन्द्रले बुझाएको अन्तिम बन्दसूचीमा महराको नाम हटाएको हो।

महरा आफैँले नाम हटाउन लगाएको स्रोतले बतायो। उनी २०७४ सालमा दाङबाट निर्वाचित भएका थिए।

माओवादीभित्र सबभन्दा धेरै संसदीय अनुभव भएका उनले २०४८ सालसहित अहिलेसम्म चार वटा निर्वाचन जितिसकेका छन्।

उनी २०६३/०६४ सालको अन्तरिम संसदमा समेत थिए। उनी २०४८ र २०७० सालमा रोल्पा र २०६४ दाङबाट निर्वाचित भएका थिए।

उनले अवसर पनि पर्याप्त पाएका छन्। ६ पटक मन्त्री र एक पटक सभामुख भएका महराले जति अवसर माओवादीमा मात्र होइन, अरू पार्टीका नेताले समेत विरलै पाएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस