आईएमईबाट झण्डै ९ करोड रुपैयाँ लुटिएको कर्मचारीको दाबी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आईएमईबाट झण्डै ९ करोड रुपैयाँ लुटिएको कर्मचारीको दाबी


१७ आश्विन २०७९, सोमबार


काठमाडौँ । ताप्लेजुङको वीरेन्द्र चोकमा रहेको एक आईएमई मनिट्रान्सफरबाट करोडौँ रुपैयाँ लुटिएको दाबी गरिएको छ ।

आज बिहान ९ बजेर २० मिनेटमा झन्डै ९ करोड रुपैयाँ लुटिएको कर्मचारीको प्रारम्भिक अनुमान छ । जिल्ला प्रहरी कार्यालयबाट झण्डै एक सय मिटरको दूरीमा रहेको अम्बर श्रेष्ठले सञ्चालन गरेको आईएमईबाट रकम र गहना लुटिएको हो ।

आईएमईका कर्मचारी आसामाया प्रधानलाई हिजोदेखि आमाको नाममा रहेको सुन निकाल्ने भन्दै एउटा फोन आएको बताइएको छ । बिहान मास्क लगाएका ४ जना युवाहरू आईएमईमा पसेको कर्मचारीले बताएका छन् । नगद र सुन गरी झन्डै ९ करोड रुपैयाँ बराबर लुटिएको खबरपछि अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले रकमबारे खुलाएको छैन । जिल्लाका मुख्य नाकामा समेत निगरानी गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस