‘म प्रहरीसामू आत्मसमर्पण गर्छु’ : सन्दिप लामिछाने « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

‘म प्रहरीसामू आत्मसमर्पण गर्छु’ : सन्दिप लामिछाने


१५ आश्विन २०७९, शनिबार


काठमाडौँ । बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले आत्मसपर्पण गर्ने बताएका छन्।

लामिछानेले सामाजीक संजालमार्फत आगामी असोज २० गते (अक्टोबर ६) मा नेपाल आउने जानकारी दिएका छन्।

नेपाल फर्किएर आफूमाथि लागेको आरोपविरुद्ध लड्ने पनि उनले बताए। उनले आफू निर्दोष रहेको र नेपालको न्याय प्रणालीमाथि पूर्ण विश्वास रहेको समेत उल्लेख गरे।

एक किशोरीले बलात्कारको जाहेरी दर्ता गराएपछि लामिछाने विदेशमै लुकेर बसेका छन्। ‘ठूलो आशा र शक्तिका साथ म यही अक्टोबर ६ मा नेपाल आउँदैछु र झुटो आरोपविरुद्ध कानुनी लडाइँ लड्नका लागि नेपाल सरकारसमक्ष आत्मसमर्पण गर्नेछु,’ उनले लेखेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस