समानुपातिकमा चरम भागबन्डा र परिवारवाद लादियो, कुनै हालतमा मान्दैनौँ : चन्द्र भण्डारी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

समानुपातिकमा चरम भागबन्डा र परिवारवाद लादियो, कुनै हालतमा मान्दैनौँ : चन्द्र भण्डारी


१४ आश्विन २०७९, शुक्रबार


काठमाडौँ। नेपाली काँग्रेसका नेता डा.चन्द्र भण्डारीले काँग्रेस सिध्याउने अधिकार कसैलाई नभएको बताएका छन् । शुक्रबार बुटवलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले काँग्रेसभित्र अहिले भइरहेको मनपरी रोक्न खबरदारी गर्न कार्यकर्तालाई आग्रह गरे ।

नेता भण्डारीले अहिले समानुपातिकको नाममा चरम भागबन्डा र परिवारवाद लादिएको भन्दै त्यो आफूहरूलाई कदापि मान्य नहुनेसमेत चेतावनी दिए । उनले समानुपातिक सूची सच्चाएरै छाड्ने र विवादित मान्छेलाई सूचीबाट हटाउनेसमेत दाबी गरे । 

काँग्रेस अबको चार वर्षपछि काँग्रेस आफूहरूको नेतृत्वमा आउने समेत ठोकुवा गरे ।

उनले मंसिर ४ मा सही नेतृत्व छनोट गर्न र नेता छान्ने बेला जनताले प्रश्न गरेर मात्रै भोट हाल्नुपर्ने बताए ।

एमालेले हरेक प्रश्नको जवाफमा वृद्धभत्ताको रटान मात्रै गर्ने गरेको टिप्पणी गर्दै उनले उनीहरूको एजेन्डा नै नभएको र अरूलाई गाली गर्ने काम मात्रै भएको आरोप लगाए ।

Tags :
प्रतिक्रिया दिनुहोस