गठबन्धनको कारण मुलुक भयावह अवस्थामा पुग्यो : ओली « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

गठबन्धनको कारण मुलुक भयावह अवस्थामा पुग्यो : ओली


१३ आश्विन २०७९, बिहिबार


काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका कारण मुलुक भयावह अवस्थामा पुगेको बताएका छन् । 

बिहीबार भक्तपुरको बालकोटमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले गठबन्धनका कारण मुलुक अप्ठेरो र भयावह अवस्थामा पुगेका कारण त्रसित भएर गठबन्धनका नेता कार्यकर्ताहरू एमालेमा प्रवेश गर्ने लहर चलेको बताए ।

उनले सरकार गठनका साथै देश बनाउने कुरामा आगामी निर्वाचन निकै महत्त्वपूर्ण हुने धारणा राखे ।

अध्यक्ष ओलीले मुलुकको विकासको गतिलाई अघि बढाउन र शान्ति सुव्यवस्था कायम गर्न एमाले बाहेक कसैले पनि नसक्ने भएकाले अब एमालेको सरकार बन्नुपर्ने उल्लेख गरे ।

उनले देशमा लोकतान्त्रिक प्रणालीलाई सुदृढ गर्ने, भष्टचार नियन्त्रण गरेर सुशासन कायम गर्ने र राष्ट्रियतालाई सुदृढ गर्ने लगायतका प्रयासमा एमाले लागिरहेको बताए । 

कार्यक्रममा अध्यक्ष ओलीले नेकपा ९एकीकृत समाजवादी०, लोसपालगायत दलका नेता कार्यकर्तालाई एमाले प्रवेश गराएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस