गृह मन्त्रालयले फर्निचर र विद्युतीय सामग्री लिलाम गर्दै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गृह मन्त्रालयले फर्निचर र विद्युतीय सामग्री लिलाम गर्दै


१३ आश्विन २०७९, बिहिबार


काठमाडौँ । गृह मन्त्रालयले पुराना फर्निचर, गाडीका स्पेयर पार्टस् र विद्युतीय सामाग्री लिलाम गर्न लागेको छ । रिवल्विङ कुर्सी, ल्यापटप, कम्प्युटर र टेबल कुर्सी लिलाम गर्न मन्त्रालयले गोरखापत्रमा सूचना प्रकाशन गरेको छ ।

१२ मा सूचना निकालेर खरिद गर्न इच्छुक व्यक्ति तथा कम्पनीहरूलाई आग्रह गरिएको गृहमन्त्री बालकृष्ण खाँणका प्रेत संयोजक मधुसूदन भट्टराइले बताए ।

जिन्सी निरीक्षण कमिटीले गरेको सिफारिस अनुसार मन्त्रालयको आन्तरिक व्यवस्थापन शाखाले लिलाम गर्ने तयारी गरिरहेको छ । पहिलो पटक सूचना प्रकाशन गरेको १५ दिनमा सामान खरिद गर्न कोही तयार नभएमा पुनः सूचना प्रकाशित गर्नुपर्ने कानुनी व्यवस्था छ ।

मन्त्रालयमा भएका पुराना सामान ३ लाख ९९ हजारमा लिलाम गर्ने गरी मन्त्रालयले सूचना प्रकाशन गरेको छ । गृह मन्त्रालय अहिले पुरानो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरेको छ । पुरानो भवनको फर्निचर र कुर्सी काममा नआएपछि लिलाम गर्न लागिएको मन्त्रालयका एकजना अधिकृतले बताए ।

गत आर्थिक वर्षमा गाडी मर्मत गरेपछि फाल्नुपर्ने अवस्था भएका स्पेयर पार्टस पनि मन्त्रालयले लिलाम गर्न लागेको छ । लिलाम गर्ने सूचीमा टिनका दराज पनि छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस