मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै « प्रशासन
Logo १७ मंसिर २०७९, शनिबार
   

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै


११ आश्विन २०७९, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । बैठक अहिले ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै छ । 

सम्भवतः आज राती १२ बजेबाट निर्वाचन आचारसंहिता लाग्ने भएकोले पनि केही महत्त्वपूर्ण निर्णय हुन सक्ने प्रशासन बालुवाटार स्रोतले जानकारी दिएको छ । 

मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीबार बस्दै आएको छ । 

आजको बैठक सञ्चालन गर्ने सौभाग्य पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका वरिष्ठ सचिव दिनेश भट्टराईले नै पाउने भएका छन् । मुख्यसचिव शंकरदास वैरागी अस्वस्थ भई अस्पताल भर्ना भएसँगै निमित्त मुख्यसचिवका रूपमा भट्टराईले चलाउने भएका हुन् । 

Tags :
प्रतिक्रिया दिनुहोस