सचिव मण्डलसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर  « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सचिव मण्डलसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर 


९ आश्विन २०७९, आइतबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सचिव राम रतन मण्डलसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

धनुषाको साबिक चक्कर गाविसका सचिव मण्डलसहित २ ले ९ लाख ७६ हजार ९०० रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो । 

मुद्दा दायर गरिएका अन्यमा धनुषाको साबिक चक्कर गाविस-२ हाल औरही गाउँपालिका-६ बस्ने नागेन्द्र भन्ने रञ्जित साह रहेका छन् ।  दायर गरिएको मुद्दामा दुवै जनासँग ९ लाख ७६ हजार ९०० रुपैयाँ बिगो दाबी गरिएको छ ।  

विभिन्न वडाहरूका सडकमा माटो पुर्ने र ग्राभेलको काम गर्दा उनीहरूले भ्रष्टाचार गरेको अनुसन्धानमा देखिएको अख्तियारले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस