मैले जति कर्णाली अरूले बुझेका छैनन् : मुख्यमन्त्री शाही « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मैले जति कर्णाली अरूले बुझेका छैनन् : मुख्यमन्त्री शाही


९ आश्विन २०७९, आइतबार


कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले यहाँका जनताको मर्का आफूले मात्रै बुझेको बताएका छन् ।

सीधा कुरा मुख्यमन्त्रीसँगको कुराकानीमा उनले बा-आमाले घोडा पालेर कमाएको पैसाले विदेशमा पढेर आएको व्यक्ति भएकाले आफूले जति कर्णालीको बारेमा अरुले नबुझेको बताएका हुन् ।

कार्यक्रममा सहभागीले उठाएका प्रश्नको उत्तर दिने क्रममा मुख्यमन्त्री शाहीले आफू मुख्यमन्त्री भएपछि समय, सुशासन लगाएका कुरामा पुरा काम गरेको बताए ।

नौ जिल्लामा केही निर्माण हुनु नपर्ने तर सुर्खेतमा मात्र सबै कुरा निर्माण हुनुपर्ने जस्ता माग आउने गरेको बताए । उनले भने ‘सबै ठाउँमा सुविधायुक्त स्वास्थ्य संस्थादेखि अन्य सुविधा हुनुपर्छ ।’

सहभागी दिपेन्द्र बिसीले प्रदेशको औचित्य छैन किन भन्नु भयो ? भन्ने प्रश्नको जवाफमा शाहीले कर्णालीमा को सरुवा हुन्छ?, को आउँछ ? अनि को जान्छ ? थाहा नै हुँदैन यसकारण मैले प्रदेशको छैन भनेको हुँ ।

Tags :
प्रतिक्रिया दिनुहोस