देउवाविरुद्ध उम्मेदवार बन्न मल्ल पुगे बालकोट « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

देउवाविरुद्ध उम्मेदवार बन्न मल्ल पुगे बालकोट


७ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेस (विपी) का वरिष्ठ उपसभापति कर्णबहादुर मल्लबीच भेटवार्ता भएको छ । शुक्रबार साँझ ओलीको निवास बालकोटमा आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा चुनावी तालमेलका सन्दर्भमा झन्डै ३ घण्टा कुराकानी भएको हो ।

एमाले र विपी काँग्रेस सँगै निर्वाचनमा जानेबारे व्यापक  छलफल भएको वरिष्ठ उपसभापति मल्लले बताए ।  

नेपाली काँग्रेसबाट निष्कासित मल्ल डडेलधुरामा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध उम्मेदवार बन्ने तयारीमा छन् । गत वैशाखमा भएको स्थानीय निर्वाचन पनि डडेलधुरामा एमाले र काँग्रेस वीपीबीच चुनावी तालमेल भएको थियो ।

सङ्घको निर्वाचनमा मल्लले एमालेको साथ खोजेका छन् । डडेलधुरामा एमालेबाट पठनसिंह बोहरा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारका आकाङ्क्षी देखिएका छन् । यस्तै वर्तमान समसामयिक राजनीति, देशको अर्थतन्त्र, नागरिकता विधेयक, प्रधानन्यायाधीश प्रकरणबारे समेत गहन छलफल भएको मल्लको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस