पौडी खेल्दा डुबेर ३ बालकको मृत्यु, एकको उद्धार « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पौडी खेल्दा डुबेर ३ बालकको मृत्यु, एकको उद्धार


७ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । हेटौँडा उपमहानगरपालिकाको कर्रा खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका ३ जना बालकको शव भेटिएको छ।

शुक्रबार साँझ बेपत्ता भएका उनीहरूको खोजीको क्रममा कर्रा खोलाको नागदहनजिकै शव फेला परेको हो। बालकहरू बेपत्ता भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सेनाको संयुक्त टोलीले खोजी गर्दा तीनै जनाको शव भेटिएको मकवानपुर प्रहरीले जनाइको छ ।  

मृतकहरूको पहिचान भइसकेको छैन। उनीहरूको शवलाई अहिले पोस्टमार्टमका लागि हेटौँडा अस्पताल लैजाने तयारी गरिएको छ । शुक्रबार साँझ हेटौँडा उपमहानगरपालिका ७ न्युरेनी नागदहस्थित कर्रा खोलामा पौडी खेल्न गएका ४ जना बालकमध्ये ३ जना बेपत्ता भएका थिए।

उनीहरूमध्ये एक जना बालकको भने शुरुमै उद्धार गरिएको थियो। उद्धार गरिएका बालकका अनुसार बेपत्ता बालकहरू १० देखि १२ वर्ष उमेर समूहका छन्। 

Tags :
प्रतिक्रिया दिनुहोस