काठमाडौँ । पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश गर्ने भएका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनलाई आजै पार्टी प्रवेश गराउने तयारी गरेका छन् ।
खनाल काठमाडौँ या तनहुँबाट चुनाव लड्ने गरी एमालेमा प्रवेश गर्न लागेका हुन् । उनलाई यसअघि पनि एमाले नजिक रहँदै आएको आरोप थियो ।
उनले भने, ‘३० वर्ष प्रहरीमा रहेर देशको सेवा गरेँ अब पार्टी प्रवेश गर्दैछु । पार्टीले दिने जिम्मेवारी पूरा गर्छु, म काठमाडौँ ६ या तनहुँ मेरो रोजाइमा पर्छ तर पार्टीले दिने जुनसुकै जिम्मेवारी पूरा गर्न तयार छु ।’