मुगुको स्याउले बजार पाएन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मुगुको स्याउले बजार पाएन


५ आश्विन २०७९, बुधबार


मुगु । मुगुको स्याउले बजार नपाउँदा किसानले घरकै शीत भण्डारणमा थुपारेर राख्न बाध्य भएका छन् । स्याउ किसान टक्क बहादुर शाही भने, ‘लगातारको अविरल वर्षाले सडक सञ्जाल अवरुद्ध भयो , सडक नखुलेपछि स्याउ भण्डारण गरिएर राखियो, अहिले स्याउले बजार नै पाएन, स्याउले बजार नपाउँदा कुहिन्छ कि भन्ने चिन्ता छ ।’

यस वर्ष स्याउको उत्पादन बढेसँगै यहाँका किसान निकै खुसी थिए । उनले भने, ‘छ वर्षदेखि स्याउ बेचेर घर खर्च धान्दै आएको छु, यस वर्ष स्याउ उत्पादन बढेको छ तर बजार पाउन समस्या परेको छ ।’ स्थानीय सरकारले स्याउको बजारीकरणमा समन्वय गरिदिन उनले आग्रह समेत गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस