पर्यटन बोर्डको बजेट १ अर्ब १७ करोड « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पर्यटन बोर्डको बजेट १ अर्ब १७ करोड


५ आश्विन २०७९, बुधबार


काठमाडौँ । चालु वर्ष ७ लाख पर्यटक नेपाल आउने ‘हचुवा प्रक्षेपण’ गरेर बजेट नल्याउन भन्दै पर्यटन बोर्डका कर्मचारीले गत आइतबार सञ्चालक समितिको बैठकमा नाराबाजी गरेका छन् ।

कर्मचारीले नजिकिँदै गरेको चुनावमा केही दलका नेतालाई रिझाउन बजेट ल्याइएको आरोप लगाउँदै उनीहरूले बोर्ड बैठकमै नाराबाजी गरेको बोर्डका एक सदस्यले जनाए ।

५५ जना कर्मचारीमध्ये ४० जनाले हस्ताक्षरसहित बोर्डको बैठकको अध्यक्षता गरिरहेका पर्यटन सचिव सुरेश अधिकारीलाई उनीहरूले ज्ञापन बुझाएका थिए ।

चालु वर्षको बजेट सैद्धान्तिक रूपमा पारित भएको र केही विषय मिलाउन मात्रै बाँकी रहेको बोर्डका उपाध्यक्ष चन्द्र रिजालले बताए । ‘बजेट सैद्धान्तिक रूपमा पारित गर्‍यौँ । १ अर्ब १७ करोड रुपैयाँ आय–व्ययसहितको बजेट बोर्डमा प्रस्तुत गरिएको उनले जनाए ।

सञ्चालक समितिलाई चालु वर्षको बजेटले कर्मचारीको तलब १५ प्रतिशत वृद्धि गरेकाले त्यसकै आधारमा बोर्डका कर्मचारीको पनि तलब समायोजन गर्न कर्मचारीले माग गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस