होर्डिङ बोर्ड हटाउन महानगरको निर्देशन « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

होर्डिङ बोर्ड हटाउन महानगरको निर्देशन


५ आश्विन २०७९, बुधबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अनुमति बिना होर्डिङ बोर्ड एवं डिजिटल बोर्ड राख्न रोक लगाएको छ।

आज सार्वजनिक सूचना जारी गर्दै महानगरपालिकाले अनुमति विना र अनुमति अवधि समाप्त भएका होर्डिङ बोर्ड र डिजिटल बोर्ड हटाउन निर्देशन दिएको हो।

‘असोज ५ गतेबाट अनुमति बिना बाह्य विज्ञापन सञ्चालन नगर्न÷नगराउन सम्बद्ध सबैलाई सूचित गरिन्छ,’ महानगरले भनेको छ।

नियम उल्लङ्घन बोर्डमा विज्ञापन सञ्चालन गरेको पाइए नगर प्रहरी बल लगाएर हटाउने चेतावनी पनि दिइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस