एमालेको समानुपातिक उम्मेदवारको सूची तयार « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

एमालेको समानुपातिक उम्मेदवारको सूची तयार


२ आश्विन २०७९, आइतबार


काठमाडौँ । नेकपा (एमाले)ले समानुपातिकतर्फको बन्दसूचीको टुङ्गो लगाएको छ । 

आज बसेको सचिवालय बैठकले समानुपातिकतर्फको बन्दसूचीका लागि नामावली टुङ्ग्याएको हो । 

प्रतिनिधिसभातर्फ ११० जना र प्रदेशसभाका लागि २२० जनाको नामको सूची तयार पारेको केन्द्रीय प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । 

उनका अनुसार बन्दसूचीको नामावली भोलि निर्वाचन आयोगमा बुझाइने छ ।

असोज १६ गतेसम्म अहिलेको सूचीमा हेरफेर हुनसक्ने उनले बताए । प्रत्यक्षतर्फको उम्मेदवार टुङ्गो लगाउँदा नाममा हेरफेर गर्न सक्ने उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस