नगरपालिका सङ्घ अध्यक्षमा पन्थी चयन « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

नगरपालिका सङ्घ अध्यक्षमा पन्थी चयन


३० भाद्र २०७९, बिहिबार


काठमाडौँ । गुल्मीको रेसुङ्गा नगरपालिकाका नगर प्रमुख खिलध्वज पन्थी नेपाल नगरपालिका सङ्घ लुम्बिनी प्रदेश अध्यक्षमा निर्विरोध चयन भएका छन् ।

भैरहवामा सम्पन्न लुम्बिनी प्रदेशका नगर प्रमुखहरूको भेलाले पन्थीलाई अध्यक्षमा चयन गरेको हो ।

सङ्घको भेलाले आफ्नो नेतृत्वमा १५ सदस्यीय समिति गठन गरेको अध्यक्ष खिलध्वज पन्थीले बताए । भेलाले सबै नगरपालिकाको प्रतिनिधित्व हुने गरी समिति चयन गर्ने नीति बनाएको छ ।

लुम्बिनी प्रदेशका १२ जिल्लामा १०९ स्थानीय तहमध्ये ४ उपमहानगर ३२ नगरपालिका गरी ३६ नगरहरू सङ्घ अन्तरगत छन् ।

नवनिर्वाचित पन्थीले सबैसँग सहकार्य गरेर अगाडि बढ्ने बताए । लुम्बिनी प्रदेश अध्यक्ष बनेका पन्थी नेपाली काँग्रेस गुल्मीका सभापति समेत हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस