महारानी एलिजाबेथको निधनप्रति दुःख व्यक्त गर्दै राष्ट्रपतिबाट शोक पुस्तिकामा हस्ताक्षर « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

महारानी एलिजाबेथको निधनप्रति दुःख व्यक्त गर्दै राष्ट्रपतिबाट शोक पुस्तिकामा हस्ताक्षर


२४ भाद्र २०७९, शुक्रबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतका महारानी एलिजाबेथ द्वितीयको निधनप्रति दुःख व्यक्त गर्दै लैनचौरमा रहेको नेपालस्थित बेलायती राजदूतावासमा पुगेर त्यहाँ राखिएको शोक पुस्तिकामा हस्ताक्षर गरेकी छन् ।

राष्ट्रपति भण्डारीले नेपालका लागि बेलायती राजदूत निकोला पोलिटसँगको कुराकानीमा महारानीको निधनबाट नेपालले एक अशल मित्र गुमाएको जनाउँदै उनीप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गरिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस