दोलखाको सुन्द्रावतीमा एक पुरुष मृतावस्थामा फेला « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

दोलखाको सुन्द्रावतीमा एक पुरुष मृतावस्थामा फेला


२४ भाद्र २०७९, शुक्रबार


काठमाडौँ । दोलखाको कालीञ्चोक गाउँपालिका-९ सुन्द्रावतीस्थित फेदीमा एक पुरुष मृतावस्थामा फेला परेका छन् ।

कालीञ्चोक-९ फेदीस्थित खेतमा सोही वडा निवासी ४८ वर्षीय भुवन पकुवालको शव फेला परेको प्रहरीले जनाएको छ ।

घरदेखि केही टाढा खेतको पानी लगाउने कुलोमा घोप्टो परेर लडेको अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक राजेश सिग्देलले जानकारी दिए ।

मृतक पकुवालको शरीरमा भने कुनै चोटपटक देखिएको छैन । शव हाल परीक्षणका लागि जिल्लास्थित पशुपति चौलागाई स्मृति अस्पतालमा राखिएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस