प्रधानमन्त्री शेरबहादुर देउवा चितवनमा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्री शेरबहादुर देउवा चितवनमा


२४ भाद्र २०७९, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज चितवन पुगेका छन् ।

नेपाली कांग्रेसले आयोजना गरेको ‘जनताको साथमा कांग्रेस’ कार्यक्रमको पहिलो चरणको समापन समारोहलाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा चितवन पुगेका हुन् ।

बिहान ११ः१५ बजे नेपाली सेनाको हेलिकोप्टरबाट उनी चितवन पुगेका छन् । प्रधानमान्त्री देउवाले आज चितवन कांग्रेसका जिल्ला नेता कार्यकर्ता भेट गर्दै छन् । यससँगै दिउँसो १२ बजे विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा हुने अभियानको समापन एवं सम्मान कार्यक्रममा सहभागी भएर दिउँसो २ बजे उनी काठमाडौँ फर्कने कार्यक्रम छ । उनीसँगै गृहमन्त्री बालकृष्ण खाण पनि चितवन पुगेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस