उद्योग मन्त्रालयमा बडूका ५ महिना : के-के काम गरे ? (पूर्णपाठ) « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

उद्योग मन्त्रालयमा बडूका ५ महिना : के-के काम गरे ? (पूर्णपाठ)


२३ भाद्र २०७९, बिहिबार


काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले मन्त्रालयको कार्यभार सम्हालेको ५ महिनाको प्रगति विवरण सार्वजनिक गरेका छन् । मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री बडूले प्रगति विवरण सार्वजनिक गरेका हुन् ।

उनले आफ्नो कार्यकालमा उद्योग विभागमा ३०९ वटा नयाँ उद्योग दर्ता भएको जानकारी दिए । सो संख्याका उद्योग दर्ता हुँदा ३ खर्ब ४३ अर्ब रुपैयाँ लगानी हुने र २८ हजार ५ सय २७ नयाँ रोजगारी सिर्जना भएको मन्त्री बडूको भनाई छ ।

कोभिड-१९ महामारी र रुस-युक्रेन युद्धका कारण शिथिल बनेको औद्योगिक उत्पादन र व्यापार क्षेत्रलाई पुरानै अवस्थामा फर्काइएको दावी मन्त्री बडूले गरेका छन् ।

‘कोभिडले उत्पादन मुलुक उद्योगको उत्पादन ४० प्रतिशतले घटेको थियो, यस्ता १० प्रतिशत उद्योग पनि बन्द भएका थिए,’ मन्त्री बडूले भने, ‘सो अवस्थामा अहिले सुधार आएको छ । हामीले गरेको नीतिगत प्रयासबाट निर्यात पनि बढेको छ भने आयात निरुत्साहनमा पनि उल्लेख्य काम भएको छ ।’

आफ्नो कार्यकालमा औद्योगिक लगानीको वातावरणमा सुधार आएको, उपभोक्ता हित संरक्षणका कदम तीब्र पारिएको, रुग्ण उद्योगहरु चलाउन नीतिगत प्रयास अघि बढाएको पनि बडूले दावी गरेका छन् । कानुन मन्त्रालयबाट बडू २४ चैत २०७८ मा उद्योग मन्त्रालयको जिम्मेवारी सम्हाल्न आएका थिए ।

हेर्नुहोस् पूर्णपाठः

Tags :
प्रतिक्रिया दिनुहोस