रुकुम पश्चिमबाट माओवादी उम्मेदवारमा जनार्दन शर्मा सिफारिस « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

रुकुम पश्चिमबाट माओवादी उम्मेदवारमा जनार्दन शर्मा सिफारिस


२३ भाद्र २०७९, बिहिबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा रुकुम पश्चिमबाट सर्वसम्मत रुपमा प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस भएका छन् ।

नेकपा माओवादी केन्द्रको जिल्ला समितिको बैठकले प्रतिनिधिसभा सदस्य उम्मेदवारमा शर्मालाई सर्वसम्मत सिफारिस गरेको हो ।

बैठकले प्रदेशसभाका दुई निर्वाचन क्षेत्रमा पनि सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ । जस अनुसार प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर क मा महेन्द्र केसी र ख मा राजकुमार शर्मा रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस