बेलायतको गृहमन्त्रीमा भारतीय मूलकी ब्रेवरम्यान नियुक्त « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बेलायतको गृहमन्त्रीमा भारतीय मूलकी ब्रेवरम्यान नियुक्त


२३ भाद्र २०७९, बिहिबार


बेलायत । बेलायतकी नयाँ प्रधानमन्त्री लिज ट्रसले क्याबिनेटका सदस्यहरू नियुक्त गरेकी छिन् । यसमा भारतीय मूलकी सुएला ब्रेवरम्यानलाई सामेल गरिएको छ ।

उनले गृहमन्त्रीको पद सम्हाल्नेछिन् । यसअघि बोरिस जोनसनको सरकारमा पनि भारतीय मूलकी प्रीति पटेलले गृह मन्त्रालय सम्हालेकी थिइन् ।

ट्रसले आफ्नो नजिकको साथी क्वाजी क्वारटेंगलाई अर्थमन्त्री बनाएकी छन् । यसअघि उनले वाणिज्य मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । त्यस्तै ट्रसले उनको लामो समयको सहयोगी रहेका थेरेस कोफेलाई देशको स्वास्थ्य मन्त्री नियुक्त गरेकी छन् ।

उनले उप-प्रधानमन्त्रीको पद पनि सम्हाल्ने छिन् । विदेश मन्त्रालयको जिम्मेवारी जेम्स क्लेवर्लीलाई दिइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस