कटारी नगरपालिकाका लेखा अधिकृतलाई ९ वर्ष कैद सजाय « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कटारी नगरपालिकाका लेखा अधिकृतलाई ९ वर्ष कैद सजाय


२३ भाद्र २०७९, बिहिबार


काठमाडौँ। विशेष अदालतले उदयपुरको कटारी नगरपालिकाका लेखा अधिकृत रविनचन्द्र ढकाललाई ९ वर्ष कैद सजाय गर्ने फैसला गरेको छ ।

तीन फरक भ्रष्टाचार मुद्दामा विशेष अदालतले उनलाई एकसाथ सजाय तोकेको हो । उनीमाथि सरकारी रकम हिनामिना गरी आफ्नो खातामा रकम जम्मा गरेको आरोप थियो ।

उनीमाथि उदयपुरको कटारी, इलामको माई र सोलुखुम्बु जिल्ला अस्पतालमा कार्यरत रहदा भ्रष्टाचार गरेको आरोप थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस