सिट बाँडफाँट कार्यदलको बैठक बस्दै, आजै प्रतिवेदन बुझाउने « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

सिट बाँडफाँट कार्यदलको बैठक बस्दै, आजै प्रतिवेदन बुझाउने


२३ भाद्र २०७९, बिहिबार


काठमाडौँ । सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि गठित कार्यदलको बैठक बस्दै छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान नौ बजे बैठक बस्न लागेको हो ।

बैठकपछि कार्यदलले तयार गरेको प्रतिवेदन आजै शीर्ष नेताहरूलाई बुझाउने कार्यदलको तयारी रहेको छ । हिजो बुधबार साँझ बालुवाटारमा बसेको बैठकले प्रतिवेदन तयार गरिसकेको बताइएको छ ।

प्रतिवेदनको अन्तिम रूप भने आज बस्ने बैठकले दिने सरकारका प्रवक्तासमेत रहेका सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

उनले भने, ‘हामीले पाएको जिम्मेवारी अनुसार प्रतिवेदन तयार पारेका छौँ । बिहीबार बिहान ९ बजे बस्ने बैठकले अन्तिम रूप दिने छ । बिहीबार नै शीर्ष नेतृत्वलाई प्रतिवेदन बुझाउँछौँ ।’ तर, सिट सङ्ख्याबारे भने उनले जानकारी दिन मानेनन् ।

पाँच दलीय सत्ता गठबन्धनबिच आगामी मंसिर ४ गतेका लागि तोकिएको निर्वाचनमा तालमेल गर्ने सहमति भएको छ । त्यसका लागि सिट बाँडफाँटसहितका विषयमा सहमति जुटाउन गत २० साउनमा कार्यदल गठन गरिएको थियो । सुरुमा साउनभित्रै सिट बाँडफाँटको टुङ्गो लगाइने भनिएको थियो ।

तर, दलहरूको आआफ्नै अडानका कारण सिट बाँडफाँटमा सहमति जुटाउन कार्यदललाई निकै सकस परेको थियो

Tags :
प्रतिक्रिया दिनुहोस