ट्राफिक नियम उल्लङ्घन गर्ने ४ हजार ११ जना चालक कारबाहीमा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

ट्राफिक नियम उल्लङ्घन गर्ने ४ हजार ११ जना चालक कारबाहीमा


२२ भाद्र २०७९, बुधबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने ४ हजार ११ जना चालक कारबाहीमा परेका छन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले फुटपाथमा पार्किङ गर्ने ३ सय ३५ जना, अनावश्यक हर्नको प्रयोग गर्ने २ सय १६ जना, जथाभाबी यात्रु चढाउने तथा ओराल्ने १ सय ८५ जना, मदिरा पिएर सवारी साधन चलाउने १ सय ३८ जना, लेन नियम उल्लङ्घन गर्ने १ सय ३१ जना र अन्य  विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने ३ हजार ६ जनालाई  कारबाही गरेको हो ।   

कारबाहीमा पर्ने चालकहरूलाई थप अनुसन्धानमा लागि विभिन्न ट्राफिक प्रहरी वृत्तमा पठाइएको ट्राफिकले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस