म्यारियटको क्यासिनोले महानगरलाई बुझायो मनोरञ्जन कर « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

म्यारियटको क्यासिनोले महानगरलाई बुझायो मनोरञ्जन कर


२२ भाद्र २०७९, बुधबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले मनोरञ्जन कर बुझाउन ताकेता गरेपछि म्यारियट होटेलको डेल्टिन क्यासिनोले कर बुझाएको छ । काठमाडौँ महानगरका सूचना अधिकारी वसन्त आचार्यका अनुसार वडा नम्बर १ मा रहेको म्यारियट होटेलको डेल्टिन क्यासिनाले १९ लाख ३७ हजार रुपैयाँ कर बुझाएको हो ।

आचार्यका अनुसार क्यासिनोले जरिबाना बाहेकको मात्रै रकम तिरेको हो । जरिबानाको हिसाब भइरहेको र सञ्चालकले तिर्ने बताएको उनले बताए ।

१९ भदौमा काठमाडौँ महानगरपालिकाको राजस्व विभागले ७ दिनभित्र जरिबानासहित मनोरञ्जन कर तिर्न ७ वटा स्टार होटेलका क्यासिनोहरुलाई निर्देशन दिएको थियो । म्यारियटबाहेक अन्य होटलहरुले भने अहिलेसम्म तिरेका छैनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस