के वेस्ट इन्डिजबाटै पक्राउ पर्लान त सन्दीप ? « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

के वेस्ट इन्डिजबाटै पक्राउ पर्लान त सन्दीप ?


२२ भाद्र २०७९, बुधबार


काठमाडौँ । बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने अहिले क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा छन् ।

सन्दीपविरुद्ध मङ्गलवार प्रहरी वृत्त गौशालामा एक किशोरीले आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिएकी थिइन् ।

जाहेरीपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । प्रहरी केन्द्रीय प्रवक्ता डिआइजी टेकप्रसाद राईले घटनाबारे अनुसन्धान भइरहेको र त्यसपछि अनुसन्धान अधिकृतले दिएको रायका आधारमा थप प्रक्रिया अगाडि बढ्ने बताए ।

डिआइजी राईले भने, ‘अनुसन्धानपछि अनुसन्धान अधिकृतले तत्काल पक्राउ गर्नुपर्ने छ वा छैन, घटनाको अध्ययन गरेर निष्कर्ष निकाल्छन् । त्यसपछि पक्राउ पुर्जी जारी गरेर थप प्रक्रिया अगाडि बढ्छ ।’

सन्दीप विदेशमा रहेकाले दुई देशका सरकार वा प्रहरीसँग सम्वन्य गर्न सकिने र त्यसबाट सम्भव नभए इन्टरपोलबाट रेड नोटिस जारी गरेर भए पनि पक्राउ गर्न सकिने प्रवक्ता राईले बताए ।

आरोपी आफै उपस्थित हुने अवस्था आए अन्य प्रक्रिया गर्न नपर्ने राईले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस