सुरु भयो इन्द्रजात्रा (तस्बिरसहित) « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सुरु भयो इन्द्रजात्रा (तस्बिरसहित)


२२ भाद्र २०७९, बुधबार


काठमाडौँ ।  काठमाडौँको प्रसिद्ध इन्द्रजात्रा बुधवारदेखि सुरु भएको छ । 

आठ दिनसम्म मनाइने परम्परागत सांस्कृतिक जात्रा हुनमानढोकामा धार्मिक विधिपूर्वक लिङ्गो अर्थात् य: सिं ठड्याएपछि सुरु भएको हो ।

प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन काठमाडौँको हनुमान ढोका परिसरमा इन्द्रको पूजाआजा गरी इन्द्र ध्वजा सहितको लिङ्गो ठड्याएसँगै जात्रा सुरु हुने गर्छ ।

इन्द्रजात्रालाई नेपाल भाषामा ‘यें यास्’ भनिन्छ । यें भनेको कान्तिपुर नगर र या: भनेको मुख्य जात्रा हो । इन्द्रजात्राका बेला इन्द्रजात्रासम्बन्धी सबै देवीदेवता पनि सार्वजनिक प्रदर्शनका लागि बाहिर ल्याउने चलन छ ।

भक्तपुरको चित्तपोलस्थित य: सिंगुँ अर्थात् जङ्गलबाट ल्याइएको ३२ हात लम्बाइको लिङ्गो मानन्धर समुदायले उठाउने प्रचलन छ । परम्परागत बाजा, गुरुजुको पल्टन र मंगलधुनका साथ तोप पड्काएर लिङ्गो ठड्याइन्छ ।

इन्द्रलाई वर्षा र सहकालको देवता मानिन्छ । नेवार समुदायमा मनाइने यो जात्राको उद्गम थलो हनुमान ढोका दरबार क्षेत्र मानिन्छ । आठ दिनसम्म विभिन्न बाजा बजाएर नाच, गान, रथयात्रा गरी यो पर्व मनाइन्छ । हिन्दु र बौद्ध धर्मावलम्बी नेवार समुदायको यो साझा चाडका रूपमा लिइन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस