काठमाडौँ प्रहरीको विज्ञप्ति : सन्दीपले विभिन्न ठाउँमा लगेर बलात्कार गरेको जाहेरी छ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

काठमाडौँ प्रहरीको विज्ञप्ति : सन्दीपले विभिन्न ठाउँमा लगेर बलात्कार गरेको जाहेरी छ


२२ भाद्र २०७९, बुधबार


काठमाडौँ । जिल्ला प्रहरी परिसर, काठमाडौँले प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी परेको जनाएको छ ।

जाहेरी दर्ता भएलगत्तै वान डोर क्राइसिस म्यानेजमेन्ट सेन्टर (ओसीएमसी) मा पीडित किशोरीको विस्तृत स्वास्थ्य परीक्षण गराइएको काठमाडौँ प्रहरीले भनेको छ ।

विज्ञप्ति अनुसार पीडितले दिएको जाहेरी दर्खास्तमा ५ भदौमा काठमाडौँ र भक्तपुरको विभिन्न स्थानमा लगेर राति बलात्कार गरेको जाहेरीमा उल्लेख छ ।

प्रहरीले भनेको छ, ‘काठमाडौँमा ल्याइ रातको अन्दाजी ११ः५५ बजे काठमाडौँ–९ स्थित एक होटलको कोठा नम्बर ३०५ मा ६ गते बिहान १२ः२५ मा पटकपटक जबरजस्ती करणी गरेको लगायत उल्लेख गरी २१ भदौमा प्रहरी वृत्त, गौशालामा जाहेरी दर्खास्त परेको छ ।’

अनुसन्धानका लागि विभिन्न विधि र प्रविधि प्रयोग गरेर जिल्ला प्रहरी परिसर, काठमाडौँ र प्रहरी वृत्त गौशालाबाट संयुक्त टोली खटिएको विज्ञप्तिमा भनिएको छ । सन्दीप घटनाको भोलिपल्ट नेपाली क्रिकेट टोलीको नेतृत्व गर्दै केन्या गएका थिए ।

केन्यामा पाँच वटा टी–२० क्रिकेट खेलेपछि उनी उतैबाट क्याराबियन प्रिमियर लिग (सीपीएल) क्रिकेट खेल्न जमैका गएका थिए । अहिले उनी त्यहीँ छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस