एलजीबीटी अभियन्तालाई मृत्युदण्ड  « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

एलजीबीटी अभियन्तालाई मृत्युदण्ड 


२१ भाद्र २०७९, मंगलबार


काठमाडौँ । दुईजना महिला तथा पुरुष समलिङ्गी, तेस्रोलिङ्गी र उभयलिङ्गी (एलजीबीटी) अभियन्तालाई इरानमा मृत्युदण्ड दिइएको छ ।

उनीहरूलाई मृत्युदण्ड दिएको अधिकारवादी समूहहरूले बताएका हुन् ।

उरिमास्थित एक अदालतले ३१ वर्षीया जाहरा सिद्धिकी र २४ वर्षीय एल्हाम चौब्दारलाई ‘पृथ्वीमा भ्रष्ट आचरण देखाएको’ अभियोगमा दोषी ठहर गरेको हो । 

उनीहरूलाई समलिङ्गी सम्बन्ध र इसाई धर्मलाई बढावा दिएको तथा इस्लामिक गणतन्त्रको विरोध गर्ने सञ्चार माध्यमसँग संवाद गरेको अभियोग लगाइएको मानव अधिकारका लागि हेन्ग सङ्गठनले जानकारी दिएको छ । 

पछि इरानको न्यायालयले उनीहरूलाई मृत्युदण्ड दिइएको पुष्टि गर्दै उनीहरू कुनै अभियन्ता नभएको बरु मानव ओसारपसार तथा बेचबिखन कार्यमा संलग्न रहेको बताएको छ ।

हल्ला फैलिएको र साइवरस्पेसमा प्रकाशित समाचारको आशय विपरीत न्यायालयको न्युज आउटलेट मिजानले लेखेको छ, “यिनीहरू दुवैलाई महिला र कलिला युवतीहरूलाई झुक्याएर यसै क्षेत्रको कुनै एउटा मुलुकमा लगेर बेचेको अभियोग लगाइएको छ ।” 

Tags :
प्रतिक्रिया दिनुहोस