झापा ३ मा राप्रपा अध्यक्ष लिङ्देन र ४ मा ओली सिफारिस  « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

झापा ३ मा राप्रपा अध्यक्ष लिङ्देन र ४ मा ओली सिफारिस 


२१ भाद्र २०७९, मंगलबार


काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन झापाको क्षेत्र नं.३ बाट सर्वसम्मत सिफारिस भएका छन् ।

आज बसेको पार्टीको क्षेत्रीय समितिको बैठकले उनलाई प्रतिनिधि सभा निर्वाचनको लागि प्रत्यक्षतर्फको उम्मेदवार सिफारिस गरेको हो । 

उम्मेदवारी घोषणा गरिएसँगै अब चुनावी प्रचारप्रसार अभियानलाई तीव्रता दिइने छ । राप्रपा जिल्ला अध्यक्ष केशव ओझाले अब जिल्लाभर चुनावी अभियान सञ्चालन गरिने बताइएको छ । 

अध्यक्ष लिङ्देनले अघिल्लो निर्वाचनमा नेपाली काँग्रेसका कृष्णप्रसाद सिटौलालाई झापाको क्षेत्र नम्बर ३ मा पराजित गरेका थिए । 

यस्तै, झापा क्षेत्र नं. ४ मा राप्रपाबाट प्रत्यक्षतर्फ प्रतिनिधि सभाको लागि खुस्बु ओलीको नाम सर्वसम्मत सिफारिस भएको छ ।

बेलायतको अक्स्फोर्ड विश्वविद्यालयमा राजनीतिशास्त्र अध्ययन गरी फर्किएकी ओली प्रतिनिधि सभाको लागि प्रत्यक्षतर्फ सिफारिस भएकी हुन् । 

हाल राप्रपामा केन्द्रीय प्रशिक्षकसमेतको जिम्मेवारीमा रहेकी उनी एक दशकदेखि ‘डेभलपमेन्ट सेक्टर’मा काम गर्दै आएकी छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस