उम्मेदवारको मनोनयनसँगै सांसदको पद जान्छ : गगन थापा « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

उम्मेदवारको मनोनयनसँगै सांसदको पद जान्छ : गगन थापा


२१ भाद्र २०७९, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगन थापाले उम्मेदवारी मनोनयन दर्तासँगै सांसद पद जाने बताएका छन्।

संसद्को कार्यकाल गणना गर्दा अन्तिम मत परिणाम सार्वजनिक गरेका दिनदेखि नयाँ संसद सुरु हुने र उम्मेदवार मनोनयनसँगै म्याद जाने गरी संशोधन गरिनुपर्ने उनले बताए।

उनले संसद्को प्रतिष्ठाका लागि सत्ता वा प्रतिपक्ष सबै एक ठाउँमा उभिनुपर्ने बताए।

‘मनोनयन गरेसँगै सांसदको पद जान्छ। चुनावपछि अन्तिम मतपरिणाम सार्वजनिक गरेका दिनदेखि नयाँ संसद सुरु हुने गरी अघि बढौँ,’ थापाले भने।

मंसिर ४ मा हुने चुनावका लागि निर्वाचन आयोगले असोज २३ मा प्रत्यक्षतर्फ उम्मेदवारको उम्मेदवारी दर्ता गर्ने आन्तरिक कार्यतालिका बनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस