संसद्को कार्यकालसम्बन्धी विधेयक फिर्ता लिन सरकारलाई एमालेको चेतावनी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

संसद्को कार्यकालसम्बन्धी विधेयक फिर्ता लिन सरकारलाई एमालेको चेतावनी


२१ भाद्र २०७९, मंगलबार


शेरबहादुर तामाङ

काठमाडौँ । नेकपा एमालेका सांसद शेरबहादुर तामाङले संसद्को कार्यकालसम्बन्धी विधेयकप्रति गम्भीर विमति जनाउँदै त्यो आफूहरूलाई स्वीकार्य नहुने बताएका छन् ।

कानुन मन्त्री गोविन्द प्रसाद शर्मा कोइरालाले प्रस्तुत गरेको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफलमा संशोधन प्रस्ताव पेस गर्दै तामाङले संसद्को कार्यकालसम्बन्धी विधेयक तत्काल फिर्ता गर्न माग गरेका हुन् ।

उनले निर्वाचन घोषणा भएपछि संसद् स्वतः कोमामा जानुपर्ने र अधिवेशन अन्त्यको घोषणा गर्नुपर्नेमा विभिन्न बहानामा यसको कार्यकाल लम्बाएर तलब भत्ता खाइरहेकोमा आपत्ति समेत जनाए । संसद्को कार्यकालको गणना गर्नै नै हो भने समानुपातिक तर्फको उम्मेदवारी दर्ता अघि असोज १ मा यो समाप्त हुनुपर्ने धारणा व्यक्त गरे ।

विधेयकमा रहेको सम्पत्ति शुद्धीकरणबारेका विषयमा भने आफ्नो समर्थन रहेको तामाङले बताए । यो अझै एक वर्ष ढिला आएको उनको भनाई थियो । सरकारले पेस गरेको विधेयकमा ११ वटा संशोधन प्रस्ताव आएको सभामुख अग्नि सापकोटाले जानकारी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस