अखिल क्रान्तिकारीले चुनाव लक्षित ‘फोर्स’ निर्माण गर्दै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अखिल क्रान्तिकारीले चुनाव लक्षित ‘फोर्स’ निर्माण गर्दै


२१ भाद्र २०७९, मंगलबार


काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन (अखिल क्रान्तिकारी)ले चुनाव लक्षित संरचना ‘क्रान्तिकारी फोर्स’ गठन गर्ने भएको छ ।

भदौ २२ गते बिहान १० बजे राष्ट्रिय सभागृहमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा उद्घाटन हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको अखिल क्रान्तिकारीका उपाध्यक्ष अमरजंग शाहीले जानकारी दिए ।

मंसिर ४ मा हुने सङ्घ र प्रदेशको निर्वाचनका दौरान सङ्गठनको परिचालनलाई देशव्यापी व्यवस्थित र प्रभावकारी बनाउन अखिल क्रान्तिकारीले विशेष संरचना निर्माण गर्न लागेको हो ।

‘क्रान्तिकारी फोर्स’ अखिल क्रान्तिकारी केन्द्रीय समिति मातहत रहने नयाँ संरचना हुने उपाध्यक्ष शाहीले जानकारी दिए ।

कार्यक्रममा अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहसहित केन्द्रीय पदाधिकारी, प्रदेश पदाधिकारीहरूसहित मुलुकभरका सबै तहका नेता कार्यकर्ताहरूको प्रतिनिधिमूलक सहभागिता रहने शाहीले जनाकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस