महानगरले खाली गराउन थाल्यो असनको फुटपाथ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

महानगरले खाली गराउन थाल्यो असनको फुटपाथ


२१ भाद्र २०७९, मंगलबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले असन क्षेत्रका फुटपाथको व्यापार हटाउन थालेको छ । इन्द्रचोक क्षेत्रमा पछिल्लो समय अव्यवस्थित रूपमा सञ्चालनमा भइरहेको पार्किङ, मन्दिर वरिपरिको व्यवसाय हटाइरहेको महानगरले आजदेखि फुटपाथमा राखिएका पसलहरू पनि हटाउन सुरु गरेको हो ।

काठमाडौँ महानगरको नगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार इन्द्रचोकदेखि असन क्षेत्रको फुटपाथ खाली गराउन थालिएको बताए । असन क्षेत्रमा हिँड्ने मान्छेका लागि फुटपाथमा राखेका भाँडाकुँडा, क्रिष्टलका सामग्रीहरू, खेलौना पसल, फेन्सीका सामान, माटाका सामग्रीहरू भोलि बिहानसम्म हटाउन निर्देशन दिएको पाण्डेले बताए ।

असनका साँघुरा गल्लीका दुबैतिरको फुटपाथमै पसल थापेपछि यात्रुहरूलाई आउजाउ गर्न समस्या हुने गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस