माओवादी ६० बाट केही तलमाथि होला, तर त्यसकै वरिपरि हुन्छ भन्ने विश्वास छ : प्रचण्ड « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

माओवादी ६० बाट केही तलमाथि होला, तर त्यसकै वरिपरि हुन्छ भन्ने विश्वास छ : प्रचण्ड


२१ भाद्र २०७९, मंगलबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि (बुधबार) सम्ममा सिट बाँडफाँट टुङ्गो लगाउने गरी छलफल भइरहेको बताएका छन् ।

आज धनगढी विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले भोलि शीर्ष तहका नेताहरू बसेर सिट टुङ्गो लगाउने तयारी भइरहेको जानकारी दिएका हुन् ।

उनले सिट बाँडफाँटको प्रस्ताव ल्याउने जिम्मा पाएको कार्यदललाई आज बेलुकीसम्मको समय दिइएको पनि बताए ।

माओवादी केन्द्रले पनि ६० सिटमा दाबी गरेको भन्दै उनले त्यसकै वरिपरि सहमति जुट्ने विश्वास व्यक्त गरे । ‘हामीले भनेको त ६० हो, ६० बाट केही तलमाथि होला, तर त्यसकै वरिपरि हुन्छ भन्ने विश्वास छ,’ उनले भने ।

यसै गरी नेपाली काँग्रेसले सुरुमा एक सय सिटमा दाबी गरे ८० सिट आसपासमा सहमति हुने सम्भावना रहेको प्रचण्डले बताए । ‘उहाँहरूले सुरुमा सय भन्नु भएको थियो, तपाईँले सुन्नु भएको थियो तर पछि ८० को वरिपरि आउने सम्भावना बढ्दो छ,’ प्रचण्डले भने ।

एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका पनि आ-आफ्ना दाबी रहेको भन्दै उनले सिट संख्या, क्षेत्र र प्रदेश एकै चोटि टुङ्ग्याउने प्रयास भइरहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस