नयाँ बसपार्क-मित्रनगर क्षेत्रका अवैध संरचनामा चल्यो महानगरको डोजर « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नयाँ बसपार्क-मित्रनगर क्षेत्रका अवैध संरचनामा चल्यो महानगरको डोजर


२० भाद्र २०७९, सोमबार


काठमाडौँ । काठमाडौँको नयाँ बसपार्क मित्रनगर जाने बाटो क्षेत्रका अवैध संरचना भत्काउन महानगरले डोजर चलाएको छ । पटक–पटक ताकेता गर्दा पनि अटेर गर्ने व्यापारीले बनाएका अवैध संरचनामा डोजर चलाएको महानगरका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए ।

नगरप्रहरीले पाएको सूचनाको आधारमा अवैध संरचना भत्काउन पुगेको पाण्डेले बताए ।

महानगरले भदौ ६ गतेदेखि अवैध संरचना भत्काउने अभियान चलाउँदै आएको छ । सो क्षेत्र वडा नम्बर १६ मा पर्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस