खप्तड लघुवित्तको आईपीओ बाँडफाँट « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

खप्तड लघुवित्तको आईपीओ बाँडफाँट


२० भाद्र २०७९, सोमबार


काठमाडौँ । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको प्राथमिक शेयर (आईपीओ) बाँडफाँट भएको छ ।

बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा सोमबार आईपीओ बाँडफाँट भएको हो ।

कम्पनीको आईपीओमा १८ लाख ८३ हजार ११८ जनाले आवेदन दिएका थिए । जसमध्ये दोहोरो आवेदनका कारण रद्ध भएका १ हजार ५५१ तथा अन्य कारणबाट आवेदन रद्ध भएका ९८ हजार ४९३ बाहेक बाँकी रहेका १७ लाख ८३ हजार ७४ वटा योग्य आवेदन मध्येबाट १२ हजार ३४० जनालाई न्यूनतम १० कित्ता आईपीओ बाँडफाँट गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीको आईपीओ भदौ ८ गतेदेखि १२ गतेसम्म सार्वजनिक रूपमा निष्कासन खुला गरिएको हो । निष्कासित कुल एक लाख ३२ हजार कित्ता शेयरमध्ये सामूहिक लगानी कोषलाई पाँच प्रतिशत अर्थात् ६ हजार ६०० कित्ता तथा कर्मचारीलाई जारी पूँजीको ०।५ प्रतिशत अर्थात् २ हजार कित्ता छुट्याई बाँकी रहेको एक लाख २३ हजार ४०० कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरिएको थियो ।

निष्कासनको करिब १६९ गुणासम्म आवेदन परेको क्यापिटलले जानकारी दिएको छ ।

आईपीओ बाँडफाँटको नतिजा प्रभु क्यापिटलको वेवस तथा सीडीएससीको वेवसाइट आईपीओरिजल्ट डट सीडीएससी डटकम डलएलपीबाट हेर्न सकिने व्यवस्था गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस