राजेन्द्र लिङ्देनद्वारा सांसद पद त्यागेको घोषणा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

राजेन्द्र लिङ्देनद्वारा सांसद पद त्यागेको घोषणा


१९ भाद्र २०७९, आइतबार


काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले प्रतिनिधिसभा सदस्य पद त्याग गर्ने घोषणा गरेका छन् ।

प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा समय लिएर बोल्दै लिङ्देनले चुनाव घोषणापछि नै संसद चलाइराख्नु उपयुक्त हुँदैन भन्ने आफ्नो दलको धारणा रहेको बताए ।

आउने संसदमा आफ्नो दलको प्रभावकारी उपस्थितिका लागि देशभर हिँड्नुपर्छ भनेर आउन छाडेको उनले सुनाए । तर पछिल्लो समय सरकारले प्रतिनिधिसभाको कार्यकाल लम्ब्याउने प्रस्ताव ल्याएपछि लज्जित भएको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस