बार्सिलोना उक्लियो दोस्रो स्थानमा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बार्सिलोना उक्लियो दोस्रो स्थानमा


१९ भाद्र २०७९, आइतबार


एजेन्सी । बार्सिलोनाले स्पेनिस ला लिगामा लगातार तेस्रो जित निकालेको छ ।

बार्सिलोनाले गए राती भएको खेलमा सेभियालाई उसकै मैदानमा ३-० ले हराउँदै अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको हो। बार्सिलोनाको सहज जितमा राफिन्हा,रोबर्ट लेवान्डोस्की र एरिक गार्सियाले गोल गरे।

खेलको २१औं मिनेटमा यसै समरमा क्लबमा भित्रिएका ब्राजिली फरवार्ड राफिन्हाको गोल गर्दै बार्सिलोनाले सुरूआती अग्रता लियो।

यस्तै ३६ औं मिनेटमा यसै समरमा क्लब भित्रिएका लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनाको अग्रता पहिलो हाफमै दोब्बर पारे।

५० औं मिनेटमा एरिक गार्सियाले गोल गर्दै बार्सिलोनालाई ३-० ले अघि बढाए। त्यसपछि थप गोल निस्कन नसक्दा बार्सिलोना विजयी भयो। लगातार तेस्रो जितसँगै बार्सिलोना ४ खेलबाट १० अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ।

बार्सिलोना शीर्षस्थानको रियल म्याड्रिडभन्दा २ अंकले पछि छ। रियलले शत प्रतिशत जित निकालेको छ। सेभिया १ अंक जोडेर १७ औं स्थानमा छ।

Tags :
प्रतिक्रिया दिनुहोस