प्रतिनिधिसभाको बैठक बस्दै, समिति सदस्यहरू हेरफेर गरिने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रतिनिधिसभाको बैठक बस्दै, समिति सदस्यहरू हेरफेर गरिने


१९ भाद्र २०७९, आइतबार


विकास र समृद्धि

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । ११औँ अधिवेशनको ६१औँ बैठक बस्न लागेको हो ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो २ बजे बैठक सुरु हुनेछ ।

आजको बैठकमा प्रतिनिधिसभाअन्तर्गतका विभिन्न समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १३ बमोजिम गठित कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरूको मनोनयन गर्नेछन् ।

यस्तै, सभामुखले संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०७५ को नियम २५ र २७ बमोजिम गठित समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्नेछन् ।

सभामुखले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १७२ बमोजिम गठित विभिन्न समितिहरूमा सदस्यहरूको नाम पनि हेरफेर गर्ने सम्भावित कार्यसूची छ ।

Tags :
प्रतिक्रिया दिनुहोस