नेपाल-केन्या दोस्रो एक दिवसीय खेल आज « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नेपाल-केन्या दोस्रो एक दिवसीय खेल आज


१८ भाद्र २०७९, शनिबार


काठमाडौँ । नेपाल र केन्याबीचको दोस्रो एक दिवसीय क्रिकेट खेल आज हुँदैछ ।

नेपाल र केन्याबीचको खेल नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा ल र केन्याबीचको खेल सवा १२ बजे सुरु हुनेछ ।

केन्या भ्रमणमा रहेको नेपालले पहिलो खेलमा घरेलु टोलीलाई ७ विकेटले हराउँदै तीन खेलको शृंखलामा १–० को अग्रता बनाइसकेको छ ।

आजको खेल जित्दै शृंखला जित्ने योजनामा नेपाल रहेको छ । नियमित कप्तान सन्दीप लामिछाने सीपीएल खेल्न वेष्ट इन्डिज जाँदा रोहित पौडेलले नेपालको कप्तानी गरेका थिए । नेपालले पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय शृंखला ३–२ ले जितेको थियो ।

युवा खेलाडीलाई अवसर दिँदै आएको घरेलु टोली केन्याले दोस्रो खेलमा पनि नयाँ खेलाडीलाई अवसर दिने सम्भावना छ । नेपाल र केन्याबीचको तेस्रो एक दिवसीय खेल सोमबार खेल्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस